पोखरामा मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन

   ७ पुष २०७७, मंगलवार १०:४३  

७ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेपश्चात पोखरामा मंगलबार प्रदर्शन भएको छ ।

आज बिहान पोखराको पृथ्वीनारायण क्याम्पसमा संयुक्त विद्यार्थी संघले ओलीले गरेको संसद विघटनविरुद्ध प्रदर्शन गरेका हुन् । सरकारविरुद्ध प्रदर्शनपछि विद्यार्थी संघले क्याम्पस परिसरमा ढुंगामुढा समेत गरेका थिए ।

यसअघि आइतवार र सोमवार पनि उनीहरुले प्रदर्शन गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका उनीहरुले प्रधानमन्त्री ओलीको पुत्लादहन समेत गरेका छन् ।