स्याङजामा सामान्य विवाद हुँदा बालकको हत्या, आरोपी प्रहरी नियन्त्रणमा

   ५ पुष २०७७, आईतवार ११:५०  

५ पुस, रौतहट । स्याङजामा सामान्य विवाद हुँदा एक बालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

हत्याको आरोपमा हरिनाश गाउँपालकिा वडा नम्बर ५ का २६ वर्षीय रेशम रानालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले नियन्त्रणमा लिएको हो ।

शनिबार दिउँसो सोही गाउँपालिकाका १४ वर्षीय शेर बहादुर थापासंग भएको सामान्य विवादका कारण रानाले कोदालोले थापाको टाउकोमा प्रहार गर्दा निजको घटनास्थमै मृत्यु भएको थियो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।