बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते

   ५ पुष २०७७, आईतवार ११:०८  

५ पुस, रौतहट । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने १ एक घाइते भएका छन् ।

दुर्घटनामा परी मेलौली नगरपालिका ९ बस्ने ३२ वर्षीय नारायण भट्ट र सोही नगरपालिकाका ५८ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर शनिबार बेलुका असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको क्रममा मेलौली नगरपालिका–९ मा सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै, दुर्घटनामा ट्याक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय अमृत चौधरी सामान्य घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साघुँरो र कच्ची सडकमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।