सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना पुष्टि

   ५ पुष २०७७, आईतवार १०:५२  

५ पुस, रौतहट । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा ज्वरो र शरीश दुख्ने जस्ता समस्या भएपछि, शनिबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए ।

संक्रमण भएपछि हाल सभामुख थापा धनगढीस्थित आफ्नै घरमा होमआइसोलेसनमा बसेका छन्, र उनका स्वास्थ्य अवस्था समान रहेको छ ।