विराटनगरमा आगलागी हुँदा जलेर बालकको मृत्यु, आमा-छोरा घाइते
५ पुस, रौतहट । विराटनगर महानगरपालिका १४ झटीयाहीमा भएको आगलागीमा एक बालकको जलेर मृत्यु भएको छ ।
आइतबार बिहान करिब १२ः३० बजेको समयमा झटीयाहीका राजेशकुमार दास तत्माको घरमा आगलागी हुँदा उनका १४ वर्षीय छोराको जलेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
अन्य दुई जना राजेशकी श्रीमती ३२ वर्षीया इन्दुदेवी दास तत्मा र उनका ७ वर्षीय छोरा किसनकुमार दास तत्मा जलेर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार चिसोमा घुर ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो ।
सुतिरहेको अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको उनले बताए । घाइते भएका आमा छोराको कोशी अस्प्ताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।
राजेश भने शनिबार पाहुना गएका थिए ।