सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

   ४ पुष २०७७, शनिबार ११:५२  

४ पुस, रौतहट । सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बलरा नगरपालिका १ सेढवाका १७ वर्षीय अंकित सिंहको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्लाको बलरा नगरपालिका १ स्थित सेढवा-मोहनपुर भित्री सडक खण्डमा ना ३ त ४०९० नम्बरको ट्याक्टर र त्यसको विपरित दिशाबाट आउँदै गरेको बिआर ३० जेड ७१४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदाँ गम्भीर घाइते भएका सिंहको उपचारका लागि अस्पतालमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका पछाडि सवार बलरा नगरपालिका १ का १७ वर्षीय राजिव सहनी घाइते भएका प्रहरीले जनाए ।