गुल्मीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु, ४ जना घाईते
द नेपाल मिडिया
४ पुष २०७७, शनिबार ११:३६
४ पुस, रौतहट । गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ४ जना घाईते भएको छन् ।
दुर्घटनामा रेसुङ्गा नगरपालिका वडा नम्बर १२ घर भएका अटो चालक तेजबहादुर रानाको मृत्यु भएको हो ।
लु१ह २७४३ नम्बरको अटो रिक्सा रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबीचौरमा दुर्घटना हुँदा घटनास्थलमै रानाको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
गौँडाकोटबाट तम्घासतर्फ जाँदै गर्दा अनियन्त्रित भइ सडकबाट तल खसेर उक्त अटो दुर्घटना भएको हो । अटोमा सवार घाइते ४ जनामध्ये दुई जनाको गुल्मी अस्पताल र अन्य दुई जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।