झापामा कोरोनाका कारण थप एक वृद्धको मृत्यु

   ४ पुष २०७७, शनिबार ११:०५  

४ पुस, रौतहट । कोरोना संक्रमणका कारण झापाको शिवसताक्षीमा एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट वडा नम्बर ९ बस्ने ७४ वर्षीय वृद्ध तिलवहादुर चौहानको शुक्रबार गएराति करिब ९ बजेको समयमा मृत्यु भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट संजय ठकुरीले जनाएको हो ।

स्वास्थ्यमा समस्या आएपछि, पीसीआर परीक्षण गर्दा यहप् पुस २ गते उनमा कोरोना संक्रम्ण पुष्टि भएको थियो । संक्रमित वृद्धको फोक्सो, मिर्गौला लगायतका अङ्ग निष्क्रिय हुन थालेपछि संक्रमित बृद्धलाई अस्पताल प्रशासनले सुरक्षा मापदण्ड अपनाएर घरैमा लैजान भनेको थियो ।

संक्रमित वृद्ध दम, सुगर, प्रेसर, जस्ता दीर्घरोगले समेत पीडित रहेका शिवसताक्षी नगरपालिकाले जनाएको छ ।