नवलपरासीमा यात्रुवहाक बस चेकजाँच गर्दा लागुऔषध फेला

   ४ पुष २०७७, शनिबार १०:५३  

४ पुस, रौतहट । नवलपरासीमा यात्रुवहाक बसबाट लागुऔषध फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले शुक्रबार साँझ कावासोती९८ फलफुलचोकमा सवारीसाधन चेकजाँच गर्दा बसमा लागुऔषध भेटिएको हो ।

६ ख ९६७६ नम्वरको बसमा सवार बर्दघाट नगरपालिका९ २ चिसापानी बस्ने बर्ष २४ को बिशाल गुरुङको साथबाट नुर्फिन १४ एम्पुल, डाईजापाम १४ एम्पुल, फेनारगन १४ एम्पुल लागु औषध फेला पारिएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।