७८२ जनामा कोरोना पुष्टि, १०२९ जना संक्रमणमुक्त
३ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ हजार ७ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ८२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ । जसमध्ये हाल नेपालमा ९ हजार ३ सय १७ जना संक्रिय कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै, विगत २४ घण्टामा थप १ हजार २९ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म मुलुकमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ ।
यसैबीच, कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । आजसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ६५ पुगेको मन्त्रालयले जनाए ।






