बैतडीमा एक महिलाका शव फेला
३ पुस, रौतहट । बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा एक महिलाका मृत शव फेला परेको छ ।
नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जनाएको हो ।
आज बिहान ८ बजेतिर स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।