सिरहामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
३ पुस, रौतहट । सिरहामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सिरहा नगरपालिका १८ मा ट्रयाक्टर दुर्घटनामा परी सोही जिल्लाका नगरपालिका २ मा बस्ने २६ वर्षीय सुरजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको हो ।
ना ७ त २६५७ नम्बर ट्रयाक्टर बिहीबार गएराति करिब ९ बजको समयमा अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल सिरहामा ल्याइएको थियो ।
सिरहाबाट थप उपचारको लागि उनलाई विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।