सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँ बढ्यो, चाँदीको कति
द नेपाल मिडिया
३ पुष २०७७, शुक्रबार १२:००
३ पुस, रौतहट । नेपाली बजारमा आज पनि सुनको मूल्यमा ८ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ३ सय रुपैयाँ तोक्किएको हो ।
त्यस्तै, तेजावी सुनको भाउ आज ९३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको भाउमा पनि ३० रुपैयाँले बढेको छ । हिजो १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार २ सय ८५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिए