सप्तरीमा विद्युत सट भएर गोठमा आगो लाग्दा ८५ वृद्धको मृत्यु
३ पुस, रौतहट । सप्तरीमा विद्युत सट भएर शुक्रबार बिहान गोठमा आगो लाग्दा एक वृद्धको मृत्यु भएको छ ।
गोठमा सुतिरहेका बेला आगलागी हुँदा ८५ वर्षीय झलाही यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो । सुतिरहेको समयमा भएको आगलागीमा यादवको घटनास्थलमै मृत्यु भएको उनका छोरा मिश्रीलाल यादवले बताए ।
आगोलाई साढे एक घण्टाको प्रयासमा नेपाल प्रहरी, बारुणयन्त्र र स्थानीयवासीले नियन्त्रण गरेका थिए । आगलागीबाट एक लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको सप्तरी प्रहरीले जानकारी दिएको छ।
शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमा लगिएको प्रहरीले जनाएको छ ।