उदयपुरमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
३ पुस, रौतहट । उदयपुरमा आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
बलात्कार गरेको आरोपमा जिल्लाको त्रियुगा नगरपालिका ११ बस्ने ४० वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाबुले केही समययतादेखि आफ्नै छोरीलाई पटक( पटक जबरजस्ती करणी गर्दै आएको प्रहरीले जानकारी दिए । छोरीलाई बाबुले नै बलात्कार गरेको निवेदन प्रहरीमा परेपछि बिहीबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पिडित बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।