सर्लाहीको विभिन्न स्थानबाट लागूऔषध गाँजासहित ३ जना पक्राउ

   ३ पुष २०७७, शुक्रबार १०:५२  

३ पुस, रौतहट । सर्लाहीको विभिन्न स्थानबाट लागूऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा महोत्तरीका एक जना र लालबन्दीका दुई जना गरी थप ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ७ का २० वर्षीय रुपेश रायलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए । इश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित बाँके चोकबाट साइकलमा सवार उनलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको थियो ।

उनले तरकारी बोक्ने क्रेटमा बर्कोले छोपी साइकलमा लैजाँदै गरेको १० किलो ५ सय ग्राम गाँँजा बरामद भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

यस्तै, लालबन्दी नगरपालिका ६ बाट ३६ किलो २६ ग्राम गाँजासहित मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ । बा.८३ प. ८४७१ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाने क्रममा चेकजाँज गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजा बरामद भएपछि मोटरसाइकलमा सवार सिन्धुलीको डाबडाँडा गाउँपालिका १ बस्ने ३५ वर्षीय शक्ति लामा र पछाडि सवार रौतहटको चन्द्रपुर नगरपालिका १ बस्ने ४२ वर्षीय प्रेम यादवलाई नियन्त्रणमा लिइ अन्य अनुसंधान कार्य भइरहेको प्रहरीले जनाएको छ ।