हतियार सहित युवक पक्राउ
२ पौष, रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकाबाट प्रहरीले हतियार सहित एक युवकलाई पक्राउ गरेको छ।
कम्मरमा हतियार बोकेर हिडेका यमुनामाई गाउँपालिका वडा नं.४ का २५ को दिलिप साहलाई विशेष सूचनाको आधारमा प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो ।
रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं.५ झाँजपुलमा बिआर ३०एम ४८४१ नम्बरको मोटरसाइकलमा सवार साहलाई चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल र गोलि बरामद प्रहरीले जनाएको छ ।
कटुवा पेस्तोल र एक राउण्ड गोलि सहित पाक्राउ परेका साहका बारेमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






