आज ७७६ जनामा कोरोना पुष्टि, ९४७ जना संक्रमणमुक्त
२ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ६८ पुरुष र ३ सय ८ महिला गरी थप ७७६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ । जसमध्ये हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ८० रहेको मन्त्रालयलय जनाएको छ ।
त्यस्तै, विगत २४ घण्टामा थप ९ सय ४७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ ।
त्यसैगरी बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ, भने योसंगै हालसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप ३ सय ६३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।






