बाँकेमा मोटरसाइकलको ठक्करबाट साइकल सवार एक जनाको मृत्यु
२ पुस, रौतहट । बाँकेमा मोटरसाइकलको ठक्करबाट साइकल सवार एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी बर्दिया बाँसगढी नगरपालिका ३ लखना बस्ने १८ वर्षीय अदिप थारुको मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्लोको कैजनाथ गाउँपालिक ६ गरही चोकमा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल चन्दले बुधबार साँझ करिब ३ बजेको समयमा भे.९ प ४२१८ नम्बरको मोटरसाइकलले ३ वटा साइकललाई ठक्कर दिएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका थारुको मेडिकल कलेज कोहलपुरमा उपचरका लागि ल्याईएको थियो । अस्पतालमा उपचारका क्रममा थारुको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ४ जनालाई उपचारको लागि सोही अस्पतालमा पठाइएकोमा मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य १ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।