विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

   २ पुष २०७७, बिहीबार १३:३६  

२ पुस, रौतहट । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा रुपन्देहीका एक जना र सुनसरीका एक जना रहेका प्रहरीले जनाएको हो ।

रुपन्देहीको ओमसतिया गाउँपालका २ ठुटीपिपलमा बुधबार दिउँसो लु २ ख १४१५ नम्बरको माईक्रोबसले लु ४१ प ९२५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका ११ जयपुर का २३ वर्षीय राजु थारुको घटनास्थमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुनसरीको कोशी गाउापालिक १ लौकही बजारस्थित पनि हिजो दिउँसो नै बा.५ ख ७६७ नम्बरको हाइसले को.२५ प ४४२३ नम्बरको मकोटरसाइकललाई ठक्क्र दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका ११ का ४३ वर्षीय हजरत मिया मंसुरीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

घाइते मियाको उपचारका लागि बिराट नर्सिङ होम बिराटनगरमा उपचारको लागि ल्याइएको थियो । उपचारका क्रममा मियाको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

दुबै सवारी साधन र हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।