रिसोर्टमा काम गर्ने १७ वर्षीया युवती बलात्कृत, ४ जना आरोपी पक्राउ
२ पुस, रौतहट । भक्तपुरको रिसोर्टमा काम गर्ने एक १७ वर्षीया युवतीलाई सामूहीक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
भक्तपुरको चाँगुनारायण ७ वानेश्वरीको हेल्मेट डाँडास्थित एक रिसोर्टमा काम गर्ने एक युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो ।
जबरजस्ती करणी गरेको आरोपमा बझाङको थलारा गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्यायलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जबरजस्ती करणी गर्न सघाएको आरोपमा तनहुँ म्याग्दे गाउँपालिका ७ रानीश्वारा घर भई हाल बाटोमाथिको रिसोर्टमा वेटरको काम गर्ने २० वर्षीय प्रदीप कुँवरलाई नियन्त्रणमा लिएको जानकारी दिए ।