लमजुङमा सेफ्टी ट्यांकीमा एक महिलाको शव फेला

   २ पुष २०७७, बिहीबार ११:५६  

२ पुस, रौतहट । लमजुङमा सेफ्टी ट्यांकीमा एक महिलाको शव फेला परेको छ ।

सुन्दरबजार नगरपालिका ४ दुरदण्डामा अन्जाजी ३५ वर्षीया धनमाया भुजेलको सेफ्टी ट्यांकीमा मृत्यु भएको प्रहरीले जनाएको हो ।

बुधबार बिहान ट्यांकीमा भुजेलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको थापाले जनाए ।