मलंगवाको प्लाई उद्योगमा भिषण आगलागी, लाखौंको क्षति
२ पुस, रौतहट । सर्लाहीमा गएराति प्लाई उद्योग कम्पनीमा भिषण आगलागी भएको छ ।
जिल्लाको सदरमुकाम मलंंगवा नगरपालिका वडा नं ४ शिवसागर चौक स्थित सर्लाही क्याम्पस अगाडी रहेको जय बजरंग प्लाइउड कम्पनीमा बुधबार राति करिब ७ बजेको समयमाअचानक बिधुत सर्ट भएर भिषण आगलागी थियो ।
जिल्लाकै सबभन्दा ठुलो उक्त प्लाईउड कम्पनीको गोदाममा आगलागी हुँदा लाखौं रुपैयाँ भन्दा बढीको क्षति भएको कम्पनीका संचालक विकास गोयललाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगलागीबाट ४० लाख पर्ने ड्रायर मेसिन,१० लाख पर्ने २० वटा एसिड कन्टेनर तथा ५० लाखका अन्य कच्चा पदार्थ र प्लाईहरु जलेर नष्ट भएको संचालक गोयलले जानकारी दिए ।
मलंगवा नगरपालिकाको दमकल नभएकाले हरिवन नगरपालिकाको दमकल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।






