कटुवा पेस्तोल सहित रौतहटमा एक जना पक्राउ
१ पौष, रौतहट । रौतहटमा प्रहरीले कटुवा पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीको गस्ती टोलीले सुचनाको आधारमा जिल्लाको कटहरिया नगरपालिका वडा नं.७ बगही टोलबाट कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सो ठाउँमा बिआर३०डब्लु ४८७३ नम्बरको हिरो कम्पनीको स्पेलेण्डर मोटर साइकललाई शंकालागी खानतलासी गर्दा मोटर साइकलको सिट कभर भित्र १२ बोरको नल कटुवा बन्दुक लुकाई राखेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।
पक्राउ पर्नेमा मोटर साइकल चालक राजमहम्मद आलम रहेका छन् । पक्राउ परेका आलम लाई रौतहट जिल्ला अदालत गौरबाट दिन ५ को म्याद थप अनुमती लिई न्यायीक हिरासतमा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ ।