बाल विवाह गराएको आरोपमा पुरोहित सहित ६ पक्राउ

   १ पुष २०७७, बुधबार १४:२०  

१ पौष, रौतहट । बाल विवाह गराएको आरोपमा रौतहट प्रहरीले विवाह गराउने पुरोहित सहित ६ जनालाई पक्राउ गरेको छ ।

रौतहटको गरुडा नगरपालिका ५ शिवनगर मन्दिरमा भइरहेको बाल विवाहमा प्रहरी हस्तक्षेप गर्दै इशनाथ नगरपालिका ३ औरैयाका पुरोहित कपिलदेव चौबे सहित बेहुला र बेहुली दुवै पक्षका ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । १५ वर्षिया बालिकाको २४ वर्षका युवकसँग विवाह गराउदै गरेको अवश्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, काका रामश्रेष्ठ गिरी, बेहुलिकी आमा लक्ष्मी गिरी र काकी गिता गिरी रहेको प्रहरी उपरिक्षक शिद्धि विक्रम शाहले बताए । धनसम्पती प्रलोभनमा बालिकाको विवाह भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको उपरिक्षक शाहले बताए ।

पक्राउ परेकाहरुलाई बालविवाह सम्बन्धी कसूरमा रौतहट जिल्ला अदालतबाट तिन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । फरक क्षमता (बहिरा) युवकसँग १५ वर्षिया बालिकाको विवाह भइरहेको बेला उनीहरुलाई मन्दिरबाट पक्राउ गरिएको हो ।