भारतबाट छलेर ल्याइएको ६५ किलो चाँदी पर्साबाट बरामद
१ पुस, रौतहट । भारतबाट राजश्व छलेर ल्याइएको ६५ किलो चाँदी पर्साबाट बरामद भएको छ ।
गोप्य सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका ६ बस्ने सुनिता कुमारी सरार्फको घरमा मंगलबार घर तलासी लिँदा ६५ किलो चाँदी फेला परेको प्रहरीले जनाएको हो ।
उनकै नाममा दर्ता रहेको में जय नरसिंह ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरिराखेको अवस्थामा चाँदी बरामद गरिएको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन् ।
घरको तलासी लिँदा कोठाको फल्स वालभित्र चाँदी भेटिएको चाँदीको मूल्य करिब ५२ लाख रुपैयाँ बराबर रहेको पन्तले जानकारी दिए ।
बरामद भएका चाँदी राजश्व कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाए ।