वीरगञ्जका ९ जनासहित थप १२ जनामा कोरोना पुष्टि

   १ पुष २०७७, बुधबार १२:३८  

१ पुस, रौतहट । वीरगञ्जमा थप १२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

विभिन्न स्थानबाट संकल्न गरेर ल्याइएको ५४ जना स्वाबको नारायणी अस्पतालको पिसिआर प्रयोशालामा परीक्षण गर्दा १२ जनाको कोरोना रिपोर्ज पोजेटिभ आएको हो ।

थपिएका संक्रमित मध्ये प्रदेश नं. २ को पर्साका ९ जना, बाराका २ जना र सर्लाहीका १ जना रहेका अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

थपिएका संक्रमितहरु २२ वर्षदेखि ७० वर्ष उमेर समुहका रहेका छन्, भने उनीहरुको सिटि भ्यालु २३ देखि ३४ सम्म रहेको छ ।