कोरोना संक्रमणका कारण विराटनगरमा थप दुई जनाको मृत्यु

   १ पुष २०७७, बुधबार १२:१८  

१पुस, रौतहट । विराटनगरमा उपचाररत थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

संक्रमणबाट विराटनगरस्थित कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्रमा मोरङका एक जना र सुन्दरहरैँचाका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।

पथरीशनिश्चरे नगरपालिका १ बस्ने ७३ वर्षीया वृद्ध महिलाको पउचारका क्रममा मंगलबार राति करिब ८ः ५० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाए ।

कोरोना संक्रमण पुष्टि भएपछि, उनी यही मंसिर २७ गते उपचारका लागि अस्पतालमा भर्ना भएका अस्पतालका प्रमुख फिजिसिन डा दीपक सिग्देलले जानकारी दिए ।

संक्रमित महिलामा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्यासमेत रहेको अस्पतालले जनाएको छ ।

यस्तै, सुन्दरहरैँचा नगरपालिका ३ का २२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि, पीसीआर परीक्षण गराउँदा यही मंसिर २९ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएकै दिन उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा गएराति करिब ९ः५० बजेको समयमा संक्रमित युवकको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतकका श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।