काठमाडौँमा स्कुटर र मोटरसाइकल ठोक्किँदा चारजना घाइते, एक जनाको अवस्था गम्भीर
१ पुस, रौतहट । काठमाडौँको टोखामा मंगलबार गएराति स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेमा स्कुटर चालक टोखा बस्ने २१ वर्षीय सुरेश डङ्गोल, स्कुटरमा पछाडि सवार २१ वर्षकै अजय श्रेष्ठ, मोटरसाइकल चालक नुवाकोटका १९ वर्षीय सुजन विश्वकर्मा र मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय किरण विश्वकर्मा रहेका प्रहरीले जनाएको हो ।
टोखाबाट ग्रान्डीतर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००१ प ५४३० नम्बरको स्कुटर र सामाखुसीबाट टोखातर्फ जादै गरेको बा ४१ प १२०० नम्बरको मोटरसाइकल गएराति ९ः३० बजेको समयमा आपसमा ठोक्किएको थियो ।
घाइते चारजनाकै ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।