यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाईते, ५ जनाको अवस्था गम्भीर

   १ पुष २०७७, बुधबार १०:५७  

१ पुस, रौतहट । गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएको छन् ।

गोरखाको भीमसेनथापा गाउँपालिका ३ तान्द्राङमा भएको बस दुर्घटनामा ११ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जनाएको हो ।

ग १ख ९४४६ नम्बरको बस काठमाडौँबाट आरुघाट जाने क्रममा आज बिहान करिक ४ः३० बजेको समयमा दुर्घटना भएको थियो ।
गम्भिर घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको एसपी गुरुङले बताए ।

६ जना घाईतेको आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बसमा सवार ३० यात्रुमध्ये १९ जना घर फर्किसकेका छन् ।