सुर्खेतबाट २ किलो ७ सय ग्राम अफिमसहित एक जना पक्राउ

   १ पुष २०७७, बुधबार १०:४३  

१ पुस, रौतहट । सुर्खेतबाट २ किलो ७ सय ग्राम लागुऔषध अफिमसहित एक जना पक्राउ गरेको छ ।

अफिमसहित सानीभेरी नगरपालिका ३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले गरेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले उनलाई मङ्गलबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा त्यहाँ पुगेको टोलीले उनलाई खानतलासी गर्दा दुई किलो ७०० ग्राम लागुऔषध भेटिएपछि कुसारीलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका कुसारीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।