नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु
३० मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ७ हजार १ सय १७ जनाको पीसीआर परीक्षण गर्दा ९ सय ३६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ रहेको छ ।
त्यस्तै, बितेको २४ घण्टामा १ हजार ९ सय ९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससंगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ, भने हालसम्म कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ३० पुगेको मन्त्रालयले जनाएको छ ।






