भक्तपुरमा प्रहरीमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

   ३० मंसिर २०७७, मंगलवार १३:३६  

३० मंसिर, रौतहट । प्रहरीमाथि हातपात र दुव्र्यवहार गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ९, च्यामासिंह सूर्यमढी बस्ने १९ वर्षीय रितिक प्रजापति र ३२ वर्षीय विजय नकर्मी रहेका प्रहरीले जनाएको हो ।

भक्तपुर नगरपालिका ९, च्यामासिंह सूर्यमढीस्थित ड्युटीमा खटिएका प्रहरीले उक्त स्थानमा सोही ठाउँ बस्ने गीता कोजूको मोबाइल हराएको सूचनापछि खटिएको प्रहरीले मोबाइल खोजी सोही ठाउँस्थित पाटीमा फेला पारी सम्बन्धित धनीलाई बुझाएपछि विजय र रितिकले प्रहरीमाथि हातपात एवं दुव्र्यवहार गरेको प्रहरीको दाबी छ ।