टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थमै मृत्यु

   ३० मंसिर २०७७, मंगलवार ११:५०  

३० मंसिर, रौतहट । काठमाडौँको किर्तिपुर नगरपालिका ६ चोभारमा सोमबार गएराति टिपर र मोटरसाइकल ठक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा खोटाङ च्यास्मीटार घर भएका २४ वर्षीय सरोज राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

बा. ४ ख ४५६५ नम्बरको टिपर बल्खुबाट चोभारतर्फ जाँने क्रममा त्यसको विपरित दिशाबाट आउँदै गरेको स. १० प ४९१३ नम्बरको मोटरसाइकल गएराति करिब ९ः१५ बजे समयमा एकआपसमा ठोक्किदाँ मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

दुवै सवारीसाधनसहित टिपर चालकलाई महानगरीय प्रहरी वृत्त किर्तीपुरले नियन्त्रणमा लिइसकेको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।