मोटरसाइकलको ठक्करबाट वृद्ध महिलाको मृतयु
३० मंसिर, रौतहट । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोरङ विराटनगर १५ बस्ने ६५ वर्षीय विखियादेवी साहलाई सोही स्थानका मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।
मे७प ६३३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी साहलाई सोमबार बेलुका करिब ७ बजेको समयमा ठक्कर दिएको प्रहरीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगरमा ल्याइएको थियो । उपचारका क्रममा गएराति करिब १० बजे घाइते साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक रतुवामाई७ का विक्रम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।