नेपालमा थप ८ सय २१ जनामा कोरोना संक्रमण, ८४२ जना संक्रमणमुक्त

   २९ मंसिर २०७७, सोमबार १६:५७  

२९ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ हजार ४ सय २३ जनाको पपीसीआर परीक्षण गर्दा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ रहेको छ ।

हालसम्म कोरोना भाइरस संक्रमणबाट १ हजार ७ सय १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ रहेको छ ।