नुवाकोटमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

   २९ मंसिर २०७७, सोमबार १५:३७  

२९ मंसिर, रौतहट । नुवाकोटमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरिएको छ ।

बलात्कार गरेको आरोपमा बेलकोटगढी नगरपालिका ४ डाँडाखर्क का एक ७० वर्षीय वृद्ध केदार बहादुर बासकोटलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ती आरोपी वृद्धलाई प्रहरी चौकी झिल्टुङ तिनतित्लेबाट खटिएको प्रहरीले पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।