चितवनमा कार्यरत एक प्रहरी हवल्दारले पासो लगाएर गरे आत्महत्या
२९ मंसिर, रौतहट । चितवनमा कार्यरत एक प्रहरी हवल्दारले आइतबार गएराति आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार भरतपुर महानगरपालिका २४ शुक्रनगरमा रहेको आफ्नै घर नजिकैको आँपको रुखमा ढकालले पासो लगाएर आत्महत्या गरेका हुन् ।
प्रहरी निरीक्षकको टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टम गर्न भरतपुर अस्पतालमा ल्याइएको थापाले बताए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।






