भक्तपुरमा ग्याँस लिक हुँदा आगलागी, ११ लाख बराबरको क्षति
द नेपाल मिडिया
२९ मंसिर २०७७, सोमबार १४:१३
२९ मंसिर, रौतहट । भक्तपुरमा खाना पकाउने ग्याँस लिक हुँदा एक घरमा आगलागी भएको छ ।
जिल्लाको चाँगुनारायण ५ पिखेलस्थित स्थानीय प्रदीप कार्कीको कच्ची ३ तले घरमा आइतबार राति करिब ९ बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले दिएका जानकारी अनुसार प्रहरी, स्थानीय र दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा थियो ।
आगलागीबाट ११ लाख ८६ हजार ५ सय बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाए ।






