सप्तरीमा माछा मार्ने क्रममा भएको झडपमा एक महिलाको मृत्यु, चार घाइते

   २९ मंसिर २०७७, सोमबार १३:०८  

२९ मंसिर, रौतहट । सप्तरीको बोदेबर्साइनमा रहेका सार्वजानिक पोखरीमा माछा मार्ने क्रममा ववाद विवाद हुँदा हुँदै भएको झडपमा एक महिलाको मृत्यु भएको छ, भने ४ जना घाइते भएका छन् ।

बोदेबर्साइन नगरपालिका ३ बस्ने ४५ वर्षीया गैगियादेवी मण्डलको झडपमा आइतबार राति मृत्यु भएको हो ।

अन्य घाइते भएका ४ जनामध्ये एक जना अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीय दुई पक्षबीच विवाद बढ्दै जाँदा राति १० बजे झडप भएको थियो । झडपमा बन्चरो, भाटालगायत सामग्रीको प्रहार भएको डीएसपी साहले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।