कास्कीबाट लागूऔषधसहित ३ जना प्रहरी नियन्त्रणमा

   २९ मंसिर २०७७, सोमबार १२:१३  

२९ मंसिर, रौतहट । कास्कीबाट लागूऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषधसहित पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–११ काहुभन्ज्याङ बस्ने बर्ष २१ को मुकेश विक, कास्की पोखरा महानगरपालिका–१२ चापापानी बस्ने बर्ष २९ को नवराज गुरुङ र कास्की पोखरा महानगरपालिका–१२ माटेपानी बस्ने बर्ष ३२ को रमेश गुरुङ रहेका कास्कीका प्रहरी प्रमुख जीवन श्रेष्ठले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई जिल्लाको पोखरा महानगरपालिका ११ काँहु भञ्ज्याङबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

उनीहरुको साथबाट लागूऔषध डाईजापाम–६४ एम्पुल, नुर्फिन–६५ एम्पुल, फेनेरागन–६७ एम्पुल, गाँजा २० ग्राम, मोबाइल २ वटा र २ हजार ८४०।– रुपैयाँ नगद फेला परेको प्रमुख श्रेष्ठले बताए ।

पक्राउ परेका तीनैजनालाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाए ।