आज बसेको बैठकमा कृषि विकास बैंकले घोषणा गर्यो गत वर्षको बोनस

   २९ मंसिर २०७७, सोमबार १०:५८  

२९ मंसिर, रौतहट । कृषि विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । अघिल्लो वर्ष बैंकले २४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।