बाँकेमा कोरोनाका कारण थप एक जनाको मृत्यु
द नेपाल मिडिया
२९ मंसिर २०७७, सोमबार १०:५३
२९ मंसिर, रौतहट । बाँकेमा उपचाररत कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा भिमदत्त नगरपालिका वडा नं. १५ कञ्चनपुरका ५४ वर्षीय पुरुषको रहेका अस्पतालले जनाएको हो ।
स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा उनमा यही मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएकै दिन उनलाई उपचारका लागि भेरी अस्पताल नोपालगञ्जमा भर्ना गरिएको थियो ।
ती संक्रमितको स्वास्थ्यमा सुधार नआउपछि, आइतबार गएराति करिब १२ः३० बजेको समयमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
यो सँगै बाँकेमा बाहिरी जिल्लावाट उपचारका लागि लगिएका ६९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै कोरोनाबाट हालसम्म बाँके जिल्लाका ४१ जनाको मृत्यु भएको छ ।