१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ४३ वर्षीय आरोपी पक्राउ

   २८ मंसिर २०७७, आईतवार १५:३५  

२८ मंसिर, रौतहट । तनहुँमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४३ वर्षीय केशबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यही मङ्सिर २२ गते केशबहादुरले बालिकालाई जवरजस्ती करणी गरेको उजुरी शनिवार प्रहरीमा परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।