शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको कोरोना संक्रमणका कारण मृत्यु

   २८ मंसिर २०७७, आईतवार १४:४०  

२८ मंसिर, रौतहट । नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट नेपागन्ज उमहानगरपालिका ४ का ५२ वर्षीय शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि, यही मंसिर २४ गते पीसीआर परीक्षण गराउँदा त्यसको भोलिपल्ट मंसिह २५ गते उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमण भएपछि, उनी शुक्रबार उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका थिए ।

उपचारका क्रममा आज बिहान करिब ३ः३० बजेको समयमा विष्टको मृत्यु भएको अस्पतालले जनाएको छ ।

विष्टले २०५० सालदेखि शिक्षा सेवामा प्रवेश गरेका थिए ।