विराटनगर थप एक संक्रमित महिलाको मृत्यु
द नेपाल मिडिया
२८ मंसिर २०७७, आईतवार १३:१६
२८ मंसिर, रौतहट । विराटनगरमा उपचाररत झापाकी एक संक्रमित महिलाको मृत्यु भएको छ । झापा गौरादह ५ बस्ने ५५ वर्षीया महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या र ज्वरोको समस्य भएपछि, उपचारका लागि अस्पताल भर्ना भएकी महिलाको मंसिर २१ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
अस्पतालमा उपचारकै क्रममा शनिबार गएराति करिब ११ः३० बजेको समयमा संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाए ।