धादिङमा लागुऔषधसहित एक जना पक्राउ

   २८ मंसिर २०७७, आईतवार १३:०१  

२८ मंसिर, रौतहट । धादिङमा ५० किलो चरेससहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । चरेससहित धादिङको गल्छी गाउँपालिका ८ का ३४ वर्षीय दिपक मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको सशस्त्रको टोलीले बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा सवार मगरले तीनवटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेस भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाए ।

उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत एपीएफ टोलीले बरामद गरेको छ ।

उनलाई राति नै आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।