कैलालीमा संक्रमित वृद्ध महिलाको मृत्यु

   २८ मंसिर २०७७, आईतवार ११:३४  

२८ मंसिर, रौतहट । कैलालीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा जिल्लाको गोदावरी नगरपालिका १ बस्ने ७५ वर्षीया वृद्ध महिलाको रहेकी अस्पतालले जनाएको हो ।

कडा खाल्को नियमोनिया भएकी महिलाको उपचारका क्रममा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाए ।

मंसिर २१ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी ती संक्रमित वृद्धको भेन्टिलेटरमा उपचार हुदैँ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।