धरिलो हतियार प्रहार गरि महिलाको हत्या

   २८ मंसिर २०७७, आईतवार ११:०७  

२८ मंसिर, रौतहट । कपिलवस्तुमा शनिबार गएराति एक महिलाको हत्या भएको छ ।

जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया सुशीला खड्काको गएराति हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेशले जनाएका हुन् ।

महिलाको टाउको र मुखमा धरिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जानकारी दिए । हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासंगै बस्ने भतिज ताणबहादुर खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

मृतक महिलाको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए ।