दाङमा ७० वर्षीया वृद्ध महिलाको कोरोनाका कारण मृत्यु
द नेपाल मिडिया
२८ मंसिर २०७७, आईतवार १०:४५
२८ मंसिर, रौतहट । दाङमा उपचाररत थप एक जनाको कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ बस्ने ७० वर्षीया वृद्ध महिला रहेका अस्पतालले जनाएको हो ।
स्वास्थ्यमा समस्या आएपछि, पीसीआर परीक्षण गराउँदा यही मंसिर २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतक महिलामा दमको समस्यासमेत रहेको अस्पतालले जानकारी दिए ।
योसंगै उपमहानगरमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ ।